निगमले तीन वटा साना जहाज खरिद गर्ने

काठमाडौं : नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि तीनवटा जहाज किन्ने भएको छ।
जहाज किन्नका लागि निगम सञ्चालक समितिले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वको उपसमितिले प्रतिवेदन पेश गरेको निगमका उपनिर्देशक रमेश पौडेलले जानकारी दिए।
पौडेलकाअनुसार दुर्गम भेगमा उडान गर्ने गरी ३ वटा नयाँ जहाज खरीद गर्ने गरी उपसमितिले सिफारिस गरेको छ। जहाज आन्तरिक स्रोतबाट निर्माता कम्पनीबाट जहाज खरिद गरिने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निगमसँग यसअघि उपलब्ध चिनियाँ जहाज व्यवसायिक प्रयोजनमा उपयोगी नभएको र लागत मात्र थपेको भन्दै तीन वर्षदेखि नै थन्काएर राखिएको छ।
निगमले नयाँ जहाज खरिद गरी दुर्गम भेगमा सेवा दिँदा पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केही हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।
वैशाख ४, २०८० सोमबार १७:११:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।