चालकको अवस्थालाई लिएर रविको आग्रह– ‘स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला’

चालकको अवस्थालाई लिएर रविको आग्रह– ‘स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेर सख्त घाइते भएको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन्।

सोमबार अपरान्ह रविले लेखेको स्टाटसको अंश छ, ‘म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नुहोला। सक्नुहुन्छ भने मलाई सहने शक्तिमात्रै दिनुहोला।’

रविले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था विहानको भन्दा सुधारिएको भन्ने जानकारी पाएको उल्लेख गरेका छन्।

सोमबार विहान चितवनस्थित रविको घरमा सुतिरहेका उनका ड्राइभर सिन्धुपाल्चोकको बाह्रबिसेका शम्भु थापा अढाई तलाको घरको छतबाट भुइँमा खसेका थिए।

दुर्घटना, आत्महत्या प्रयास वा हत्या प्रयास के हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैशाख ४, २०८० सोमबार १६:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।