एसीसी प्रिमियर कप : क्यानले बढायो टिकटको मूल्य, तर मुलपानीमा निःशुल्क

एसीसी प्रिमियर कप : क्यानले बढायो टिकटको मूल्य, तर मुलपानीमा निःशुल्क

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबारदेखि सुरू हुने एसीसी प्रिमियर कपको टिकट मूल्य निर्धारण गरेको छ।

क्यानले विश्वकप क्रिकेट लिग–२ को तुलनामा टिकटको मूल्य बढाएर निर्धारण गरेको छ। क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार टिकटको मूल्य २ सय रूपैयाँ पर्नेछ।

तर मुलपानी क्रिकेट मैदानमा भएका सम्पूर्ण खेलहरू निःशुल्क हेर्न पाइनेछ। माइ पेबाट टिकट खरिद गरेमा १ सय ५० रुपैयाँ तिनुपर्ने पाठकले बताए।

‘त्रिवि मैदानमा २ सय रूपयाँ तिरेर खेल हेर्न सकिन्छ, माइपेबाट किन्दा १ सय ५० मा पाइन्छ’, कार्यवाहक सचिव पाठकले भने, ‘तर, मुलपानीमा हुने खेल हेर्नका लागि भने पैसा तिर्नुपर्दैन, निःशुल्क हेर्न पाइन्छ।’

लिग–२ का सम्पूर्ण खेलहरूको टिकट मूल्य १५० रुपैयाँ तोकिएको थियो।

१० टोली सहभागी प्रतियोगिता सेमिफाइनल, फाइनल हुँदै उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।

वैशाख ४, २०८० सोमबार १५:२०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।