दोहोरो अंकले घट्यो नेप्से, तर तीन कम्पनीमा सकरात्मक सर्किट

दोहोरो अंकले घट्यो नेप्से, तर तीन कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको दोस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

२०८० को कारोबार हुने पहिलो दिन आइतबार सामान्य अंकले घटेको नेप्से परिसूचक सोमबार २३.६४ अंकले झरेर १९०८ विन्दुमा छ।

यस्तै क वर्गका कम्पनीको कारोबार हेर्न सेन्सेटिभ इन्डेक्स पनि ४.७८ अंकले घटेर ३६२.९६ विन्दुमा झरेको छ।

फ्लोट इन्डेक्समा १.७९ अंकले गिरावट आउँदा सेन्सेटिभ फ्लट इन्डेक्समा १.७० अंकले ओरालो लागेको छ।

नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ। सोमबार २६७ कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ९२ करोडको मात्र कारोबार भयो।

कारोबार रकमका हिसाबले ७ करोड २ लाखसहित अरुण भ्याली हाइड्रो पहिलो स्थानमा रहँदा ४ करोड ३३ लाखको कारोबार गरेको शिवम् सिमेन्ट दोस्रो स्थानमा छ।

बजार घट्दा पनि यसदिन आदर्श लघुवित्त, कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर गरी तीन कम्पनीले १० प्रतिशतले कमाउँदै सकारात्मक सर्किट हानेका छन्।

बजारका उपसूचक तर्फ हेर्दा सबै समूह ऋणात्मक छन्। त्यसमध्ये सबैभन्दा बढी विकास बैंक समूह १.८८ प्रतिशतले ओरालो लाग्दा त्यसपछि लगानी समूह १.५८ प्रतिशतले ऋणात्मक छ।

वैशाख ४, २०८० सोमबार १५:११:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।