राष्ट्रपतिको स्वास्थ्यमा फेरि समस्या, स्याम्पल दिएर फर्किए शीतल निवास

राष्ट्रपतिको स्वास्थ्यमा फेरि समस्या, स्याम्पल दिएर फर्किए शीतल निवास

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ।

छातीको तल्लो भागमा संक्रमण देखिएपछि उनलाई सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ।

अल्ट्रासाउण्डको सहायताले छातीको पानी निकालेर परीक्षण भइरहेको पौडेलका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए।

‘उहाँको बाँया छातीको तल्लो भागमा थोरै पानी देखिएको थियो,’ उनले भने, ‘परीक्षणका लागि निकालेर पठाएका छौं।’

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर बसेका थिए।

पानी निकालेपछि पौडेल अहिले शीतल निवास फर्किसकेका छन्।

वैशाख ४, २०८० सोमबार १४:५९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।