साउदी रियाल देखाएर सुनको ब्रासलेट ठगी गर्ने दुई जना पक्राउ

साउदी रियाल देखाएर सुनको ब्रासलेट ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका–१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन्।

उनीहरूले पीडितबाट ‘पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईंले लगेर साट्नु’ भन्दै प्रलोभनमा पारेका थिए।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।

वैशाख ४, २०८० सोमबार १४:२९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।