ट्रकले ठक्कर दिंदा दाङमा मोटरसाइकलमा सवार २ जनाको ज्यान गयो

दाङ : दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-११ खैरा नजिकै भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिए।
एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
वैशाख ४, २०८० सोमबार १४:०१:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।