आईपीएलमा आज धोनी र कोहलीको भिडन्त

एजेन्सी : इन्डियन प्रियिमर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।
यस खेलमा भारतीय क्रिकेटका दुई पूर्व कप्तान तथा चर्चित खेलाडीहरू महेन्द्रसिंह धोनी र विराट कोहली पनि आमनेसामने हुँदै छन्।
खेल बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
यी दुवै टिमले हालसम्म जारी लिगमा ४ खेलमा समान २ जित र २ हार भोगेका छन्। समान ४ अंक भए पनि नेटरनरेटको आधारमा चेन्नई लिगको छैटौं स्थानमा छ भने बेंगलोर सातौं स्थानमा छ।
हालसम्म यी दुईबीच आईपीएलमा कुल ३० खेल भएकोमा चेन्नईले १९ खेल जित्दा बेंगलोर १० खेल जितेको रेकर्ड छ।
वैशाख ४, २०८० सोमबार १३:३१:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।