डेढ लाख मानिस सहभागी भए एनसेलको १६औं दरबारमार्ग सडक महोत्सवमा

डेढ लाख मानिस सहभागी भए एनसेलको १६औं दरबारमार्ग सडक महोत्सवमा

काठमाडौं : ‘नेपाली उत्पादन हाम्रो सान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ  एनसेलले १६ औं दरबार मार्ग सडक महोत्सव भव्य रुपमा सम्पन्न गरेको छ।

नेपाली नयाँ वर्षको अवसरमा दरबार मार्गमा ‘१६ औं दरबार मार्ग सडक महोत्सव पर्पल स्याटर्डे’ आयोजना गरिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबार मार्ग विकास बोर्ड र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँगको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो।

महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरबार मार्ग विकास बोर्ड र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
 
महोत्सवको उद्देश्य आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पुर्याउने, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरभित्रको संस्कृति प्रवर्द्धन एवं संरक्षणमा सहयोग गर्ने रहेको थियो।

महोत्सवमा काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुति, विभिन्न गीतसंगीतका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरु समावेश गरिएको थियो। जहाँ कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेंलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविष्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस् लगायतको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसका साथै महोत्सवमा शारीरिक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमीसहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुको प्रदर्शनी पनि राखिएका थिए। 

कार्यक्रम सुरु भएदेखि बेलुकासम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए। महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा आयोजना भएको हो।

वैशाख ४, २०८० सोमबार १२:४१:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।