ओलीलाई भेट्न प्रचण्ड र देउवासँगै सभामुख घिमिरे बालकोटमा

ओलीलाई भेट्न प्रचण्ड र देउवासँगै सभामुख घिमिरे बालकोटमा

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुगेका छन्।

भाइरल ज्वरोबाट ग्रसित ओली घरमै आराम गरिरहेकाले शीर्ष नेताहरू उनलाई भेट्न बालकोट नै पुगेका हुन्।

तीन दलका प्रमुख नेताहरुको भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।

सभामुख देवराज घिमिरे यसअघि नै ओली निवास बालकोट पुगिसकेका छन्।

वैशाख ४, २०८० सोमबार १०:३७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।