प्रिमियर लिगमा युनाइटेडको सहज जित, तेस्रो स्थानमा उक्लियो

एजेन्सी : म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको छ।
गए राति भएको खेलमा नटिङहमलाई उसकै घरेलु मैदानमा हराउन ब्राजिलीएन खेलाडी एन्टोनीले एक गोल र एक असिस्ट गरेका थिए।
एन्टोनीले खेलको ३२ औं मिनेटमा गोल गर्दै युनाइटेडको खाता खोलेका थिए। त्यसपछि ७६ औं मिनेटमा एन्टोनीको पासमा डालोटले गोल गर्दै युनाइटेडको २-० को जित पक्का गरे।
यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको छ। लिडर आर्सनलको ३१ खेलबाट ७४ अंक छ।
वैशाख ४, २०८० सोमबार ०९:४०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।