अनियन्त्रित भएको जीप सडकबाट खस्दा चालकको मृत्यु

तनहुँ : शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानमा आइतबार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात यात्रु घाइते भएका छन्।
भित्री कच्ची सडकमा भएको दुर्घटनामा मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग१ज ७९४२ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।
जीप दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन्।
–––
वैशाख ४, २०८० सोमबार ०९:१४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।