बार्सिलोनालाई गोलको खडेरी, लगातार तेस्रो खेलमा गोल गर्न असफल

बार्सिलोनालाई गोलको खडेरी, लगातार तेस्रो खेलमा गोल गर्न असफल

एजेन्सी : लिग लिडर बार्सिलोना स्पेनिस लिगको खेलमा गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ।

हाल गोलको खडेरी लागेको बार्सिलोनाले गोल गर्न नसकेको यो लगातार तेस्रो खेल हो।

गेटाफेको घरेलु मैदानमा भएको गए रातिको खेलमा बार्सिलोनाले पकड राखे पनि गोल गर्ने केही राम्रा मौकाहरु सदुपयोग गर्न नसक्दा जित निकाल्न सकेन।

यस बराबरी पछि पनि २९ खेलबाट ७३ अंक रहेको बार्सिलोनाले लिगमा ११ अंकको अग्रता कायम गरेको छ। समान खेलबाट दोस्रो स्थानमा रहेको रियलको ६२ अंक छ। 

वैशाख ४, २०८० सोमबार ०९:०६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।