रवि लामिछानेका चालक तीन तला माथिबाट खसेर गम्भीर घाइते

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भाडामा लिएको चितवनको घरको छतबाट खसेर उनका गाडी चालक दिलबहादुर थापा गम्भीर घाइते भएका छन्।
लामिछानेले भरतपुर-११ मा घर भाडामा लिएका थिए। सोही घरको छतमा उनको चालक दिलबहादुर थापा सुतेका थिए।
उनी बिहान गम्भीर अवस्थामा फेला परेका थिए। उनी घरको तेस्रो तलाबाट खसेको शंका गरिएको छ।
थापाको खुट्टामा र टाउकोमा चोट लागेको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
वैशाख ४, २०८० सोमबार ०८:४९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।