भाइरल ज्वरोले ओली बिरामी, प्रचण्ड र देउवा भेट्न बालकोट जाँदै

भाइरल ज्वरोले ओली बिरामी, प्रचण्ड र देउवा भेट्न बालकोट जाँदै
फाइल फोटो

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली भाइरल ज्वरोबाट ग्रसित भएका हुन्। आइतबार फेसबुकमार्फत उनले भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएकोले घरमै आराम गरिरहेको बताएका हुन्।

उनी अस्वस्थ भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज ओलीलाई भेट्न उनकै निवास बालकोट जाँदैछन्। 

भेटमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ।

वैशाख ४, २०८० सोमबार ०७:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।