हेटमायरको विष्फोटक ब्याटिङ, रोमाञ्चक खेलमा राजस्थानले गुजरातलाई हरायो

एजेन्सी : निकै रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्षस्थानमा कब्जा गरेको छ।
यो जितसँगै राजस्थानले गुजरातसँग गत सिजनको फाइनलमा भोगेको हारको बदला पनि लिएको छ।
निकै खराब सुरुवात गरेको राजस्थानको जितमा कप्तान सञ्जु स्यामसन र हेटमायरले सानदार ब्याटिङ गरे।
जितको लागि १७८ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले कुनैबेला ११ ओभरसम्म मात्र ६६ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो।
तर यसपछि स्यामसन र हेटमायरले विष्फोटक ब्याटिङ गर्दा राजस्थानले लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो।
राजस्थानको जितमा सञ्जु स्यामसनले ३२ बलमा ३ चौका र ६ छक्कासहित ६० रन जोडेका थिए। हेटमायरले भने २६ बलमा २ चौका र ५ छक्कासहित अविजित ५६ रनको योगदान दिए।
यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। गुजरातको लागि डेविड मिलरले सर्वाधिक ४६ रन र ओपनर शुभमन गिलले ४५ रन जोडेका थिए।
राजस्थानको जारी लिगमा ५ खेलमा यो चौथो जित हो। राजस्थान कुल ८ अंकका साथ लिगमा शीर्ष स्थानमा रहँदा दोस्रो खेल हारेका गुजरात ६ अंकसहित तेस्रो स्थानमा छ।
वैशाख ४, २०८० सोमबार ०७:३३:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।