आईओसीले बढाएर पठायो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं : भारतीय आयल कर्पोरेसन(आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ।
नयाँ मूल्य सूची अनुसार पट्रोलमा करिब साढे ६ रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ रूपैयाँले बढेर आएको नेपाल आयल निगमले जानकारी दियो।
इन्धनको मूल्य बढेर आएसँगै निगमको १५ दिनको नाफा घटेर करिब ६० करोडमा झर्ने प्रक्षेपण गरिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
यसअघि २० चैतमा मूल्य घटाउँदा पनि निगमले पाक्षिक रूपमा ८० करोड रूपैयाँ नाफा हुने प्रक्षेपण गरेको थियो।
नेपालमा अहिले पेट्रोलको मूल्य प्रतिलिटर १७५ र डिजेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँ छ।
वैशाख ३, २०८० आइतबार १८:५३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।