भाइरल ज्वरोले ओली बिरामी

भाइरल ज्वरोले ओली बिरामी

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‌ओलीले आफूलाई भाइरल ज्वरो आएको बताएका छन्।

‘भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ,’ उनले भने, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु।’

ज्वरोका कारण तनहुँ, चितवन र बारामा भइरहेको चुनावी अभियानमा सहभागी हुन नसकेको उनले जानकारी गराए।

तीन जिल्लामा वैशाख १० गते उप-निर्वाचन हुँदैछ।

स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा ती क्षेत्रका मतदातालाई भेट्न जाने उनको भनाइ छ।

वैशाख ३, २०८० आइतबार १७:३०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।