समर्थकलाई रविको आग्रह- ‘कृपया पत्रपत्रिका नजलाउनुस्’

समर्थकलाई रविको आग्रह- ‘कृपया पत्रपत्रिका नजलाउनुस्’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रपत्रिका नजलाउन आग्रह गरेका छन्।

बुधबार दमौलीमा भएको बृहद चुनावी सभामा बोल्दै सभापति लामिछानेले पत्रपत्रिका नजलाउन आग्रह गरेका छन्।

लामिछानेविरुद्धको समाचार छापिएपछि देशका केही स्थानमा उनका समर्थकले पत्रिका जलाएका थिए। सो विषयमा सामाजिक सञ्जालमा प्रश्न उठेपछि उनले आफ्ना शुभचिन्तकलाई पत्रिका नजलाउन आग्रह गरेका हुन्।

‘पत्रपत्रिका जलाउनु भनेको विचार जलाउनु हो,’ उनले भने, ‘हामी विचार अभिव्यक्तिको सम्मान गर्ने मान्यता राख्छौं, त्यसैले कृपया पत्रपत्रिका नजाउनुस्।’

सभापति लामिछानेले देश अथाह सम्भावना भएको भन्दै इमान्दार नेतृत्व नभएका कारण सोचेको जस्तो सफलता प्राप्त गर्न नसकेको बताए।

विगतमा ल्याएको व्यवस्थाका लागि विगतका राजनीतिक दललाई धन्यवाद दिँदै उनले मुठ्ठी बटारेर गरेको आन्दोलन मुठ्ठीभरका मान्छेका लागि भएको बताए।

वैशाख ३, २०८० आइतबार १७:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।