टोखा र झापामा नाबालिग बलात्कार, दुई जना पक्राउ

टोखा र झापामा नाबालिग बलात्कार, दुई जना पक्राउ

काठमाडौं : काठमाडौंको टोखा र झापामा बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन्।

१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार अभियोगमा झापा गाउँपालिका–४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

वैशाख ३, २०८० आइतबार १७:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।