थप ९९ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ११ जना आईसीयूमा

काठमाडौं : नेपालमा थप ९९ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा गरिएको १ हजार ६०४ परीक्षणमा ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ५० जना संक्रमणमुक्त भएका छन् भने १२ हजार ५८७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
देशभर अहिले ३७७ जना कोरोनाका सक्रिय संक्रमित छन्। यो संख्यामा पीसीआर परीक्षण गरिएकाहरूको मात्र संख्या समावेश छन्।
काठमाडौं उपत्यकामा मात्र ३७ जना संस्थागत आइसोलेसनमा बस्दा ११ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
वैशाख ३, २०८० आइतबार १६:५५:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।