आईपीएल : मुम्बईले टस जित्यो, रोहित शर्माले नखेल्ने

एजेन्सी : आईपीएलको २२औं खेलअन्तर्गत मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीचको खेलमा मुम्बईले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
मुम्बईको वाङ्खडे स्टेडियममा टसका लागि मुम्बई इन्डियन्सका कप्तान सूर्यकुमार यादव र कोलकाता नाइट राइडर्सका कप्तान नितिश राना आएका थिए।
मुम्बई इन्डियन्सको कप्तान रोहित शर्मा भए पनि उनको स्वास्थ्य खराब भएका कारण आजको खेलमा सुर्यकुमार यादवले कप्तानी गरिरहेका छन्।
मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच हालसम्म चारवटा आईपीएल खेल भइसकेका छन्, जसमध्ये कोलकाता नाइट राइडर्सले तीन खेल जितेको छ।
वैशाख ३, २०८० आइतबार १५:३५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।