नयाँ वर्षको पहिलो कारोबार दिनमै घट्यो शेयर बजार

काठमाडौं : नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन शेयर बजारमा सामान्य गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक २.८ अंकले घटेर १९३१.६८ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक ०.२६ अंकले घटेर ३६७.७३ विन्दुमा छ।
कारोबार उपसूचकमध्ये आज बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा समूहमा सामान्य वृद्धि भए पनि अन्य समूह भने राताम्मे भएका छन्।
बजार घट्दा कारोबार रकमले पनि एक अर्ब छुन सकेको छैन। आज २६५ कम्पनीको ३० लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ९७ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।
कारोबार रकमको हिसाबले आज सोल्टी होटल ३ करोड ८९ लाख सहित पहिलो हुँदा एनआईसी एसिया बैंक ३ करोड ६४ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ।
यसदिन तीन कम्पनी आदर्श लघुवित्त, मोलुङ हाइड्रोपावर र कालिन्चोक दर्शनका लगानीकर्ताले १० प्रतिशतले कमाए। यी तीन कम्पनीमा सकारात्मक सर्किट लाग्यो।
वैशाख ३, २०८० आइतबार १५:१६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।