जनता नयाँ पार्टी भनेर मक्ख थिए, खास्टोले ढोगेको बिरालोले छिट्टै म्याउँ गर्‍यो : चित्रबहादुर केसी

जनता नयाँ पार्टी भनेर मक्ख थिए, खास्टोले ढोगेको बिरालोले छिट्टै म्याउँ गर्‍यो : चित्रबहादुर केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले ठूलो आस गरे पनि नयाँ आएका पार्टीहरु समेत खास्टोले ढोगेको बिरालो जस्तो भएको बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘पुराना पार्टीहरूले नै गल्ती, कमजोरी गरेका थिए। आफ्ना स्वार्थअनुसार नियम, कानुन बनाउँथे। नयाँ आएका पार्टीहरूले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता मक्ख परेका थिए। तर खास्टोले ढोगेको बिरालो छिट्टै म्याउँ गर्यो।’

अध्यक्ष केसीले राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्न सरकारले स्वतन्त्र बनाउने पहल भइरहेका बेला हतार हतार निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक भएको समेत बनाए।

 उनले यस कारण नागरिकका तथ्याङ्कमा विदेशी कम्पनी र तिनका एजेन्टले पकड राख्ने सम्भावना बढेको उल्लेख गरे।

वैशाख ३, २०८० आइतबार १४:१५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।