नयाँ वर्ष लागेसँगै घट्यो सुनको मूल्य

नयाँ वर्ष लागेसँगै घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला आठ सयले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको छ।

यसअघि गत चैत ३० मा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ तोकिएको थियो।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला एक हजार चार सय ५० रुपैयाँ तोकिएको छ।

वैशाख ३, २०८० आइतबार १३:५७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।