वायु प्रदूषणका कारण आज आन्तरिक हवाई उडान प्रभावित

वायु प्रदूषणका कारण आज आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं : बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा देश भरका आन्तरिक हवाई उडान आज सामान्य प्रभावित भएको छ।

कम भिजिबिलिटीका कारण पोखरा, भरतपुर, तुम्लिङटार लगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन।

तीन गन्तव्यहरूमा अहिलेसम्म उडान हुन नसके पनि केही गन्तव्यहरूमा भने मौसम खुलेसँगै उडान सुरु भएको हो ।
     
तीन दिनदेखि राजधानीसँगै देशका अन्य क्षेत्रमा समेत वायु प्रदूषण बढ्दा हवाई उडान प्रभावित हुन पुगेको हो। 

आज काठमाडौं विश्वकै प्रदूषित सहरहरुको सूचीमा पहिलो नम्बरमा पुगेको छ।

वैशाख ३, २०८० आइतबार १२:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।