स्पेनिस लिगमा रियल म्याड्रिडको जित, लिग उपाधि सम्भावना कायमै

स्पेनिस लिगमा रियल म्याड्रिडको जित, लिग उपाधि सम्भावना कायमै

एजेन्सी : रियल म्याड्रिडले स्पेनिस लिगमा क्याडिजलाई उसकै घरेलु मैदानमा २-० गोल अन्तरले पराजित गरेको छ।

पाहुना टोली रियलको जितमा दुवै गोल दोस्रो हाफमा भएको थियो। जसका लागि नाँचो फर्नान्डेसले ७२ औं मिनेटमा र मार्को एसेन्सियोले ७६ औं मिनेटमा गोल गरेका थिए। 

यो जितसँगै लिगमा रियलले बार्सिलोनासँगको अंक दुरीलाई १० मा घटाएर लिग उपाधि जित्नै सम्भावनालाई जीवितै राखेको छ।

लिगमा रियलको २९ खेलबाट ६२ अंक भएको छ भने एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक छ।

वैशाख ३, २०८० आइतबार ११:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।