एनएमबि बैंकको दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं : एनएमबि बैंकले दसौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।
हिजो (शनिबार) एनएमबि भवन, एनएमबि बैंक, बबरमहलबाट सुरु भएको हेरिटेज वाक पाटन दरबार स्क्वायरसम्म पुगेर सम्पन्न भयो।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले हेरिटेज वाक आयोजना गरिएको बैंकले जनाएको छ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा हेरिटेज वाक आयोजना गरिएको थियो।
हेरिटेज वाकमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो।
एनएमबि भवन, बबरमहलदेखी प्ले कार्ड सहित पाटन संग्रहालयमा पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्थित थिए।
उक्त कार्यक्रममा एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई रु ४ लान ९० हजार रुपैयाँ सहयोगका साथै पाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ ।
यसै प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको बैंकले जनाएको छ।
वैशाख ३, २०८० आइतबार १०:४२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।