म्यानचेस्टर सिटीको जितमा हालान्डको दुई गोल

एजेन्सी : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ।
यो जितसँगै दोस्रो स्थानमा रहेको सिटीले लिडर आर्सनलसँगको दुरीलाई ३ अंकमा घटाएको हो।
सिटीको जितमा नर्वेका युवा स्ट्राइकर हालान्डले दुई गोल गरे। घरेलु मैदान इतिहाद स्टेडियम सिटीको खाता भने खेलको पाँचौं मिनेटमा नै जोन स्टोन्सले खोलेका थिए।
यसपछि १३ औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दा २५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए।
खेलको ७५ औं मिनेटमा केलिचीले लेस्टरको लागि एक सान्त्वना गोल फर्काएका थिए।
यस जितसँगै सिटीको ३० खेलबाट ७० अंक भएको छ भने समान खेलबाट लिडर आर्सनलको ७३ अंक छ।
वैशाख ३, २०८० आइतबार ०७:४१:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।