खुमलटारसँग हार्यो आर्मी क्लब, लिगमा तेस्रो हार

काठमाडौं : विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फुटबल क्लब खुमलटारसँग ३-२ गोल अन्तरले पराजित भएको छ।
दशरथ रंगशालामा भएको खेलमा खुमलटारको जितमा ओलोमोउले २ तथा रेजिन सुब्बाले १ गोल गरेका थिए।
आर्मीका लागि नवयुग श्रेष्ठ र सुशान्त चौधरीले गोल गरे पनि हार टार्न सकेनन्।
जितपछि खुमलटार ९ खेलमा १० अंकसहित दशौं स्थानमा उक्लिएको छ। लिगमा तेस्रो हार भोगेको आर्मी भने समान खेलबाट १२ अंकसहित आठौं स्थानमा छ।
वैशाख २, २०८० शनिबार २०:३३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।