आईपीएलमा दिल्लीले भोग्यो लगातार पाँचौं हार

एजेन्सी : दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार पाँचौं हार भोगेको छ। आज भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्लीलाई २३ रनले पराजित गर्यो।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
बेंगलोरका लागि विराट कोहलीले ३४ बलमा अर्धशतकीय इनिङ खेल्दै सर्वाधिक ५० रनको योगदान दिएका थिए।
जवाफमा १७५ रनको विजय लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रनमा समेटियो।
खराब सुरुवात गर्दै मात्र २ रनमा ३ विकेट गुमाएको दिल्लीका लागि मनिष पाण्डेले अर्धशतक बनाए पनि जितका लागि पर्याप्त भएन।
बलिङमा बेंगलोरका लागि डेब्यू गरेका फास्ट बलर विजयकुमार वैश्यकले ३ विकेट लिएका थिए।
वैशाख २, २०८० शनिबार २०:०७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।