अभ्यास खेलमा ओमानले दियो २४६ रनको लक्ष्य

अभ्यास खेलमा ओमानले दियो २४६ रनको लक्ष्य
तस्बिर- क्यान

काठमाडौं : एसीसी प्रिमियर कपअघि नेपालसँगको अभ्यास खेलमा ओमानले जितका लागि २४६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा ओमानले ९ विकेटको क्षतिमा २४५ रन बनाएको हो।

नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गरिरहेका छन्।

आईसीसी विश्वकप लिग २ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेका थिए।

वैशाख २, २०८० शनिबार १४:२२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।