आईपीएलमा बैंग्लोरको सामना गर्दै दिल्ली, पहिलो जितको खोजीमा

आईपीएलमा बैंग्लोरको सामना गर्दै दिल्ली, पहिलो जितको खोजीमा

एजेन्सी : जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को २०औं खेलमा दिल्ली क्यापिटल्सले आज रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे बैंग्लोरस्थित चिन्नास्वामी क्रिकेट स्टेडियममा हुनेछ।

अहिलेसम्म चार खेल खेलेलेको दिल्ली सबैमा पराजित छ। तीन खेल खेलेको बैंग्लोर १ मा जित र २ मा हार बेहोरेको छ।

शनिबार दिल्ली पहिलो जितको खोजीमा रहँदा बैंग्लोर दोस्रो जित निकालेर अंकतालिकामा माथि उक्लन चाहन्छ।

आजको खेलमा पराजित भएमा शीर्ष चारमा रहँदै प्लेअफ खेल्न दिल्लीलाई धेरै कठिन पर्नेछ।

दिल्ली लखनऊ सुपर जायन्ट्ससँग ५०, गुजरात टाइटन्ससँग ६ विकेट, राजस्थान रोयल्ससँग ५७ र मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको थियो।

वैशाख २, २०८० शनिबार १३:५१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।