ह्यारी ब्रुकले हाने जारी आईपीएलमा पहिलो शतक, हैदराबाद विजयी

एजेन्सी : इंग्ल्यान्डका ह्यारी ब्रुक जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा शतक बनाउने पहिलो खेलाडी बन्दा सनराइजर्स हैदराबादले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्स २३ रनले पराजित गरेको छ।
ब्रुककै शतकको मद्दतले खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रनको विशाल स्कोर बनाएको थियो।
ओपनर ह्यारी ब्रुकले मात्र ५५ बलमा १२ चौका र ३ छक्काको सहयोगमा अवजित १०० रन बनाउँदा यो सिजन आईपीएलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बने।
त्यसैगरी कप्तान माक्ररमले २६ बलमा ५० रनको योगदान दिए। बलिङमा आन्द्रे रसेलले ३ विकेट लिएका थिए।
हाइ स्कोरिङ म्याचमा जितको लागि २ सय २९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनायो।
कोलकाताका लागि कप्तान नितिश राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७५ रन बनाए। त्यसैगरी रिंकु सिंहले पनि ३१ बलमा अविजित ५८ रन जोडे पनि कोलकताको जितका लागि पर्याप्त भएन।
लिगमा हैदराबादको चार खेलमा यो दोस्रो जित हो भने कोलकताको दोस्रो हार हो।
वैशाख २, २०८० शनिबार ०७:२६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।