सेल्फी विवादमा घेरिए पृथ्वी शा, सपना गिलको निवेदनपछि अदालतको नोटिस जारी

एजेन्सी : आईपीएलको १६औं सिजनको बीचमा पृथ्वी शाको समस्या बढेको छ।
सेल्फी विवादमा मुम्बई उच्च अदालतले पृथ्वी शासहित ११ जनालाई नोटिस जारी गरेको छ। उच्च अदालतले सही ढंगले काम नगरेको भन्दै दुई प्रहरी अधिकारीलाई समेत नोटिस जारी गरेको छ।
घटना के हो?
फेब्रुअरी महिनामा पृथ्वी शा आफ्ना साथीहरूसँग मुम्बईको एक होटलमा डिनर गर्न गएका थिए। त्यहाँ सेल्फी खिच्दा सपना गिलसँग शाको विवाद भएको थियो।
दुवैबीचको झडपको भिडियो पनि सार्वजनिक भएको छ। गिल र उनका सहयोगीले आफूमाथि कुटपिट गरेको शाको आरोप छ। फोटो खिच्न नमान्दा आफ्नो कारको विन्डशिल्ड तोडिएको उनको भनाइ छ।
त्यसपछि प्रहरीले सपना र उनका एक साथीविरुद्ध उजुरी दर्ता गरी पक्राउ गरेको थियो। अर्कोतर्फ सपना गिलले आफूविरुद्ध दर्ता भएको उजुरीविरुद्ध उच्च अदालतमा दिवेदन दिएकी थिइन्।
जसमा उनले पृथ्वी शामाथि दुर्व्यवहार गरेको र ब्याटले कुटपिट गरेको आरोप लगाएकी थिइन्। सोही निवेदनको आधारमा मुम्बई उच्च अदालतले पृथ्वी शासहित ११ जनालाई नोटिस पठाएको हो।
वैशाख १, २०८० शुक्रबार १८:५६:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।