नयाँ वर्षमै १३६ जना संक्रमित थपिए

नयाँ वर्षमै १३६ जना संक्रमित थपिए

काठमाडौं : कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। मन्त्रालयले सार्वजनिक गरेको दैनिक तथ्याङ्कअनुसार संक्रमितको संख्या दैनिक बढिरहेको देखिएको हो।

शुक्रबार मन्त्रालयले सार्वजनक गरेको विवरणअनुसार १ हजार ४२४ जनाको परीक्षण गरिएकोमा १३६ जनामा संक्रमण पुष्टि भएको छ। यसमध्ये ३४ जना पीसीआर र १०२ जना एन्टीजेन परीक्षणमा संक्रमित भएका हुन्।

मन्त्रालयका अुनसार शुक्रबार मात्र ६८ जना संक्रमित कोरोनामुक्त हुँदा ६४ हजार ८५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर ४०१ जना सक्रिय संक्रमित छन्। यसमार एन्टिजेन परीक्षण गरिएकाहरूको संख्या समावेश गरिएको छैन।

गत मंगलबार र बुधबार काठमाडौंको वीर अस्पतालमा दुई जनाको मृत्यु भएको थियो। त्यसयता कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

वैशाख १, २०८० शुक्रबार १६:३४:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।