आईपीएलमा आज कोलकताको सामना गर्दै हैदरावाद

आईपीएलमा आज कोलकताको सामना गर्दै हैदरावाद

काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज सनराईजर्स हैदरावादले कोलकत्ता नाइट राईडर्सको सामना गर्दैछ।

खेल कोलकताको घरेलु मैदान इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।

कोलकत्ता आज  लिगमा तेस्रो जित निकाल्दै शीर्षस्थानमा रहेका तीन टिमसँग अंक बराबर गर्ने दाउमा छ। हालसम्म ३ खेलमा २ जितका साथ ४ अंक जोडेर कोलकता लिगको चौथों स्थानमा छ।

लिगको शीर्षस्थानमा रहेका राजस्थान, लखनउ र गुजरातको ४ खेलबाट समान ६ अंक छ।

यता हैदरावाद भने लिगमा दोस्रो जितको खोजीमा छ। सुरुवाती खेलमा राम्रो लयमा नरहेको हैदरावादले ३ खेलमा मात्र १ जितसहित २ अंक जोडेको छ।

वैशाख १, २०८० शुक्रबार १३:४६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।