निजी स्वार्थका कारण कूटनीतिक चरित्र देखाउँदा राष्ट्रको हित भएन : केपी ओली

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने प्रवृत्तिलाई निस्तेज पार्न जरुरी रहेको बताएका छन्।
नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिंदै उनले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताए।
‘अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ,’ उनले भने।
राष्ट्रिय हितलाई तिलाञ्जलि दिंदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको उनको भनाइ छ।
उनले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको उल्लेख गरे।
वैशाख १, २०८० शुक्रबार १३:२३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।