स्थगित भयो आजका लागि बोलाइएको तीन दलका शीर्ष नेताहरुको बैठक

काठमाडौं : आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बोलाएका थिए।
तर बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ। यसअघि पनि सभामुखले शीर्ष नेताहरुसँग दुई पटक छलफल गरिसकेका छन्।
संसदमा रहेका विभिन्न विचाराधीन विधेयक र संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।
वैशाख १, २०८० शुक्रबार १२:४८:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।