संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बनोस् : देउवा

संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष प्रेरणादायी बनोस् : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक र समुन्नत नेपाल निर्माणमा अगाडि बढ्न सबैलाई आग्रह गरेका छन्।

नयाँ वर्ष २०८० को अवसरमा उनले यो वर्ष समुन्नत नेपाल निर्माण गर्नमा सबैका लागि प्रेरणादायी बन्न सकोस् भनेर शुभकामना दिएका हुन्।

‘सात दशकभन्दा लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन र संरक्षणमा नयाँ वर्ष सबै राजनीतिक दलबीच हार्दिक एकता कायम गर्न प्रेरणदायी बन्न सकोस्,’ पूर्वप्रधानमन्त्री देउवाले भनेका छन्।

वैशाख १, २०८० शुक्रबार १२:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।