अबदेखि प्रधानमन्त्री प्रचण्डले पार्टीका नेता कार्यकर्तालाई पेरिसडाँडामा भेट्ने

काठमाडौं : माओवादी केन्द्रले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ।
अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्येक शुक्रबार पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेट गर्ने उनको सचिवालयले जनाएको छ।
यसैक्रममा प्रधानमन्त्री दाहाल पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन आज पेरिसडाँडा पुगेका छन्।
कार्यालय समयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई काममा व्यवधान नआओस् भनेर माओवादी केन्द्रले कार्यालय समय बाहिर पार्टी कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटघाटको व्यवस्था मिलाएको हो।
वैशाख १, २०८० शुक्रबार ०९:५७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।