सबैभन्दा बढि आन्तरिक राजश्व बुझाएकोमा सूर्य नेपाललाई सम्मान

काठमाडौं : सबैभन्दा बढि आन्तरिक राजश्व दाखिला गरेकोमा सूर्य नेपाल प्रा. लि. सम्मानित भएको छ। नेपाल उद्योग बाणिज्य महासंघको ५७ औं सभामा सूर्य नेपाललाई सम्मानित गरिएको हो।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सूर्य नेपालका उत्तम कार्कीलाई सम्मान पत्र प्रदान गरेका थिए।
आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढि कुल आन्तरिक राजश्व दाखिला गरेकोमा आन्तरिक राजश्व विभागले सूर्य नेपाललाई सम्मान गरेको थियो।
उद्योग बाणिज्य महासंघले ५७ औं वार्षिकोत्सवमा सूर्य नेपाललाई बधाई दिँदै सम्मान गरेको हो।
वैशाख १, २०८० शुक्रबार ०८:१२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।