दुई आत्मघाती गोल गर्दा सेभियासँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

एजेन्सी : खेलको अन्तिम सयमा दुई आत्मघाती गोल गर्दा म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ को बराबरीमा रोकिएको छ।
खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको इंग्लिस क्लब युनाइटेडले आफ्नै गल्तीका कारण जितको मौका गुमायो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा गए राति भएको खेलको १४ औं मिनेटमा साबिट्जेरको गोलमार्फत युनाइटेडले खाता खोलेको थियो। यसपछि २१औं मिनेटमा साबिट्जेरले नै गोल गर्दा पहिलो हाफमा नै युनाइटेडले २-० को अग्रता बनाएको थियो।
तर खेलको अन्त्यतिर दुई आत्मघाती गोल गरेपछि युनाइटेडको जित गुम्यो। ८४ औं मिनेटमा मालासिया र इन्ज्युरी समयमा मगाएरले आत्मघाती गोल गरेका थिए।
वैशाख १, २०८० शुक्रबार ०७:५३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।