१ खर्ब १९ अर्ब बेरुजु बढ्यो, ५९ अर्बको प्रमाण कागज नै पेश भएन

१ खर्ब १९ अर्ब बेरुजु बढ्यो, ५९ अर्बको प्रमाण कागज नै पेश भएन

काठमाडौं : एक वर्षमै १ खर्ब १९ अर्ब बेरुजु बढेको छ।

महालेखा परीक्षकको ६०औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा १ खर्ब २९ अर्ब ५६ करोड रूपैयाँले बेरुजु रकम बढेको हो।

प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो।

९ अर्ब ७८ करोड सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनले देखाएको छ।

नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख भएको छ।

प्रमाण कागज पेश नभएको ५९ अर्ब र शोधभर्ना नलिएको ४ करोड रूपैयाँ रहेको छ। त्यस्तै, ९ अर्ब पेस्की रहेको छ।

चैत ३०, २०७९ बिहीबार १८:३५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।