वर्षको अन्तिम दिन घटेर बन्द भयो शेयर बजार

वर्षको अन्तिम दिन घटेर बन्द भयो शेयर बजार

काठमाडौं : २०७९ सालको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ।

बुधबार ९२.२२ अंकको उच्च वृद्धि भएको नेप्से वर्षको अन्तिम दिन बिहीबार २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ विन्दुमा झरेर बन्द भएको छ।

बिहीबार शेयर बजारका सबै उपसूचकहरू घटेका छन्। विकास बैंक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.३३ प्रतिशतले घटेको छ।

नेप्सेमा करेक्सन हुँदा कारोबार रकम पनि खुम्चिएको छ। बुधबार १ अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको बजारमा बिहीबार १ अर्ब ६५ करोड ३३ लाख रूपैयाँको मात्र कारोबार भयो।

शिवम् सिमेन्टको सर्वाधिक ८ करोड ४३ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोडको कारोबार भयो। एनआईसी एशिया बैंक तेस्रो स्थानमा रहँदै ५ करोड ३५ लाख रुपैयाँको कारोबार गर्यो।

चैत ३०, २०७९ बिहीबार १६:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।