थप १०६ जनामा कोरोना संक्रमण, ४३५ सक्रिय संक्रमित

थप १०६ जनामा कोरोना संक्रमण, ४३५ सक्रिय संक्रमित

काठमाडौं : नेपालमा कोरोनाका थप १०६ संक्रमित भेटिएका छन्।

१ हजार ४८८ जना गरिएको परीक्षणमा १०६ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना संक्रमणमुक्त हुँदा ४३५ जना देशभर अझै सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितको संख्या पीसीआर परीक्षणको मात्र हो।

देशभर आज ३१ हजार ५५५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

कोरोनाकै कारण मंगलबार र बुधबार दुई जनाको मृत्यु भएको थियो। बढुदो कोरोना संक्रमणसँगै काठमाडौं उपत्यकाका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप देखिएको छ।

चैत ३०, २०७९ बिहीबार १५:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।