महानगरले अराजकता देखायो, सिंहदरबारले धम्की दियो : डा. कोइराला

महानगरले अराजकता देखायो, सिंहदरबारले धम्की दियो : डा. कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महानगरले सिंहदरबार लगायतका स्थानको फोहोरा नउठाउनु अराजकता भएको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत कोइरालले महानगरजस्तो जिम्मेवार तहको व्यवहारको सबैले विरोध गर्नुपर्ने बताएका हुन्।

यस्तै उनले सिंहदरबारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नुले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब झक्लिएको बताए।

उनले दुवैलाई सच्चिन आग्रह गरेका छन्।

आफ्ना समस्याहरूको सम्बोधन नगरेको भन्दै महानगरले सिंहदरबार, प्रधानमन्त्री निवास र राष्ट्रपति निवासको फोहोर उठाउन छाडेको छ।

त्यसपछि सरकारले महानगर प्रमुख बालेन शाहलाई जिम्मेवारीबोध गर्न गम्भीर ध्यानाकर्षण गराउने क्रममा धम्कीको भाषा प्रयोग गरेको थियो।

उनले लेखेका छन्- कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार तहको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।

चैत ३०, २०७९ बिहीबार १५:२४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।