ढाकाकुमारले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गर्यौं : रवि लामिछाने

दमौली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि कारबाहिका लागि आफूहरुले ऐतिहासिक निर्णय गरेको बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीमा आज आयोजित कोणसभामा उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने समेत उल्लेख गरे।
‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौं,’ उनले भने।
‘राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिन्छन्। तर हामी गलत कुराको सधैं विरोध गर्नेछौं,’ उनले थपे।
लामिछानेले हाल देशको समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने पनि बताएका छन्।
चैत ३०, २०७९ बिहीबार १४:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।