आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने शेखर र गगनको ब्रिफिङ

काठमाडौं : संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा सहमत भएका छन्।
सहमति अनुसार शेखर कोइराला र पार्टी महामन्त्री गगन थापाले आफ्नो पक्षले तीन मन्त्री र एक राज्यमन्त्री पाउने ब्रिफिङ गरेका छन्।
बिहीबार बिहान नेता कोइरालाको सचिवालयमा बसेको आफ्ना समूहका सांसदहरुको बैठकमा थापा र कोइरालाले चार जना मन्त्री आफ्नो समूहले पाउने जानकारी दिए।
तर संस्थापनइतर पक्षबाट को मन्त्री हुने भन्ने टुंगाे भने लागिनसकेको बताइएको छ।
चैत ३०, २०७९ बिहीबार १२:४१:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।