विमानै चार्टर गरेर चिनियाँ पर्यटक आएपछि मन्त्री किराँतीले दिए चीन सरकारलाई धन्यवाद

विमानै चार्टर गरेर चिनियाँ पर्यटक आएपछि मन्त्री किराँतीले दिए चीन सरकारलाई धन्यवाद
तस्बिर : पर्यटनमन्त्रीको सचिवालय

काठमाडौं : नेपाली नयाँ वर्षको अवसरमा विमान नै चार्टर गरेर नेपाल घुम्न आएका चिनियाँ पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपालका लागि चिनियाँ राजदूत चेन सङ लगायतले पञ्चेबाजासहित चिनियाँ पर्यटकहरुको स्वागत गरेका हुन्।

१८१ जना चिनियाँ पर्यटकहरु आज हिमालय एयरलाइन्सको चार्टर विमान मार्फत नेपाल आएका हुन्।

कोभिडका कारण कमजोर बनेको नेपाली पर्यटन व्यवसायलाई फेरि पुरानै गतिमा ल्याउने प्रयास भइरहेका बेलाको यो कामका लागि मन्त्री किराँतीले राजदूत चेन सङ र चीन सरकारलाई धन्यवाद दिएका छन्।

साथै उनले भोलि देखि नयाँ वर्ष मात्र नभइ नयाँ दशक प्रारम्भ हुन लागेको र यो दशक नेपालीहरुको लागि सुख र समृद्धिको दशक बन्ने समेत बताए।

चैत ३०, २०७९ बिहीबार ११:१६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।